Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन एमालेद्वारा इन्जिनियरसहितको टोली परिचालन

19

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियसहितको टोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरूमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउन विज्ञहरूसहितको टोली परिचालन गरेको हो ।

न्युज एजेन्सी नेपालसँग एमाले उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरूसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने जानकारी दिए ।

लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भए पनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने उनको भना इछ । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने लक्ष्य रहेको बताए ।

नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली–मेची अभियान सुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईमा जस्तै मध्यपहाडी भू–भागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो ।

एक हजार ८७९ किलोमिटरमध्ये ४६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरबाट सुरु हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेड एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्नेलगायत कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर