Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मन्त्रिपरिषद् विस्तारमा एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी

16

विराटनगर । कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार छाड्ने भएको हो । कोशी सरकारमा एमालेका राम राना बिना विभागीय मन्त्री छन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले त्यसबेला एमालेका राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । शुक्रबार माओवादीबाट मोरङका गणेश उप्रेती र एकीकृत समाजवादीबाट पाँचथरका कमल जबेगुलाई मन्त्री नियुक्त गरिएको हो ।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि शनिबार बैठक बसेर छलफल गरिने बताएका छन् । बैठकमा छलफलपछि सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय गरिने भण्डारीले जनाए ।

एमालेले माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने बताउँदै आएको थियो । गठबन्धनमा आबद्ध दल माओवादीले भने एमालेले सरकार छाड्नुपर्ने बताउँदै आएको छ । एमालेको समेत समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर