Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु

24

काठमाडौं, २८ साउन ।  भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ भने अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ । श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ । प्रत्यक्षदर्शीकाअनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो । भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x