Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

14

आज काठमाडौंमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितका लागि आज दिएको १६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन बनाए । बाहिर।

त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक एक विकेट लिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर