Sat2024 July 27
२०८१ साउन १२, शनिबार

महामारी एवं प्राकृतिक विपद व्यवस्थापन गर्न स्थानीय तहहरुलाई प्रशासन मन्त्रालयको निर्देशन

17

रुपन्देही । अहिले देशैभर आँखा पाक्ने समस्या, डेंगु संक्रमण र बाढी पहिरोले आम जनजीवन अस्तव्यस्त पारेको छ । गत वर्षहरुमा आँखा पाक्ने रोग फाट्टफुट देखा पर्दथ्यो तर यस वर्ष यो समस्याबाट देशैभरका अधिकांश मानिसहरुमा यो रोग तीव्र रुपमा फैलिएको छ । १५ वर्ष मुनिका बालबालिका तथा वृद्धवृद्धाहरुमा यो बढी आक्रामक रुपमा देखिएको छ ।

त्यसैगरी बाढी पहिरोले यो वर्ष ३ दर्जन बढीको ज्यान गएको छ भने उतिकै संख्यामा मानिसहरु बेपत्ता भएका छन् । पहिरोमा घरहरु पुरिएका छन् । आम जनजीवन कष्टकर बन्दै गएको छ ।

२०२३ भदौ १० सम्म ७४ जिल्लामा १२ हजार ४९९ डेंगुका बिरामी फेला परेका छन् जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ९६५५, वाग्मती प्रदेशमा १६१९, गण्डकी प्रदेशमा ४८२ र सुदूरपश्चिम प्रदेशमा ४१५ जना रहेका छन् ।

यसै बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहरुलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । विभिन्न जिल्लाहरुमा फैलिएको आँखा पाक्ने रोग, डेंगु संक्रमण, गाईभैसीमा फैलिएको लम्पी स्किन रोगको महामारी एवं केही दिनदेखि भइरहेको अविरल वर्षाको कारण सिर्जित बाढी, पहिरो, भूक्षय, डुबान लगायन विपदका घटनाहरुाबट जनजीवन प्रभावित भएको, ठूलो मात्रामा जनधनको क्षति भएको र सार्वजनिक सेवा प्रवाहमा समेत असर परेकोले सबै किसिमका महामारी एवं प्राकृतिक विपदाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई अभियानका रुपमा सञ्चालन गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र जारी गरेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर