Sat2024 July 27
२०८१ साउन १२, शनिबार

महिला टी–२० सिरिजका लागि नेपाली महिला टोलीको घोषणा

16

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार हङकङमा हुने चार राष्ट्रको महिला टी–२० सिरिजका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

नोभेम्बर १५ देखि १९ सम्म हुने सिरिजमा आयोजक हङकङ, संयुक्त अरब इमिरेट्स, नेपाल र मलेसिया सहभागी हुनेछन् ।

टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, संगीता राई, ज्योति पाण्डे, रोमा थापा र ईश्वरी विष्ट छन् ।

त्यस्तै सम्झना खड्का, रुबु पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुशी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनिषा चौधरी पनि टोलीमा छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर