Sat2024 July 27
२०८१ साउन १२, शनिबार

माओवादीसँग एकता गर्न नेसपाले बनायो समिति, संयोजकमा बाबुराम भट्टराई

13

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)सहितका विचार मिल्ने दलसँग एकता गर्न समिति गठन गरेको छ । बुधबार केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता तथा ध्रुवीकरण संयोजन समिति गठन गरेको हो ।

समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रसहित विचार तथा राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकताका लागि काम गर्ने छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर