Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मादक पद्धार्थ सेवन गरी अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

18

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मादक पद्धार्थ सेवन गरि अभद्र व्यवहार गरेको आरोपमा दुई युवकहरु पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका वडा नं. ३ हंसपुर भच्चेक बजारका २२ वर्षका मिलन श्रेष्ठ र लमजुङ घर भई हाल भच्चेक बजार बस्दै आएका २१ बर्षका मनोज गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रवीन्द्र अधिकारीका अनुसार गाउँघरमा होहल्ला तथा अनावश्यक गालीगलौज गरेको भन्दै स्थानीयले गुनासो र उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

सोमबार बिहान करिब ९ः३० बजे अजिरकोट गाँउपालिका वडा नं. ५ मुच्चोक मादले भन्ने स्थानमा मादक पदार्थ सेवन गरी स्थानीयलाई गालीगलौज गनुका साथै हातपात गरी लछारपछारसमेत गरेको भन्ने उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

पक्राउ परेका दुवैविरुद्ध अभद्र ब्यवहार मुद्धामा जिल्ला प्रशासनबाट म्याद लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर