Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मानवअधिकार आयोगले मंसिर ७ को प्रदर्शनको अनुगमन गर्ने

19

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते (भोलि) गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताए । उनले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने उल्लेख गरे ।

“कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ । सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ,” उनले भने, “मानवअधिकार आयोगले गर्नुपर्ने मानवअधिकार संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगोलगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।”

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर