Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

19

सर्लाही । मानव बेचबिखन प्रयास घटनाका आरोपित मलंगवा नगरपालिका–६ खुटौनाका ३४ वर्षीय नुहसन अन्सारीविरुद्ध ०८०  मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

आरोपितले एक जना ११ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई मङ्सिर ५ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाड़सरको टोलीले बेचविखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्न खोज्दा आरोपित अन्सारी फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी बालकका बुवाकाे जिम्मा लगाएको डिएसपी थारुले जानकारी दिनु भयो ।

फरार रहेको आरोपित अन्सारीको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर