Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मानव सेवा आश्रममा लायन्स क्लब अफ बुटवल चौतारीले भोजन गरायो

22

राजु विके, रुपन्देही, भदौ १० । लायन्स क्लब अफल बुटवल चौतारीले मानव सेवा आश्रममा आज  भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल कज अन्तर्गत हंगर रिलिफ प्रोग्राम आयोजन गरि चौतारीले तिलोत्तमा–९, भलवारी स्थित मानव सेवा आश्रममा संरक्षित १०५ जना लक्ष्मी नारायणहरुलाई भोजन गराएको हो ।

बुटवल–११, देवसिद्ध चोक निवासी पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद पोख्रेलका दिवंगत दाइ विष्णु पोख्रेलको प्रथम वार्षिक पूण्य तिथिको अवसरमा उक्त कार्यक्रम गरिएको चौतारीका अध्यक्ष रामजी नेपालबाट जानकारी प्राप्त भएको छ ।
लक्ष्मीनारायणहरुलाई भोजन गराउनुका साथै मानव सेवा आश्रमका परिकल्पनाकार तथा संस्थापक रामजी अधिकारीलाई चौतारीले खाद्यान्न, अत्यावश्यक औषधिहरु, खाने तेल, फलफूल तथा नगद  सहयोग हस्तान्तरण गरेको चौतारीका सचिव बिमल अधिकारीले बताए ।

आफ्ना दिवंगत सहोदर दाइको चिरशान्ति तथा वैकुण्ठवासको कामनासँगै पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद पोख्रेलले कार्यक्रममा लाग्ने रु. २५००० खर्चको भार आफैले उठाएका थिए ।

मानव सेवा आश्रमका सरु अधिकारी तथा रुपा केसी, निवर्तमान अध्यक्ष लायन शेष नारायण बस्याल, लायन माधव खनाल, एकादेव बस्याल, कृष्ण पोखरेल, दिपक अधिकारी, अमित खनाल, उद्दव बिस्ट, पारस पोखरेल, नृप बहादुर फौजदार, पिताम्बर अधिकारी, सुवर्ण बस्याल लगायतका सदस्यहरुको उपस्थिति तथा चौतारीका अध्यक्ष रामजी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आथित्यता समाजसेवी तथा  First VDG MJF  लायन पुररुषोत्तम भक्त प्रधानाङ्गले गरेका थिए । कार्यक्रम चौतारीका सचिव बिमल अधिकारीको सञ्चालनमा भएको थियो ।

सन् २०१६ मा स्थापना भएको लायन्स क्लब अफ बुटवल चौतारीले स्थापनाकालदेखि नै सामाजिक सेवा क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । केही दिनमै हुन लागेको चार्टर नाइटको पूर्व सन्ध्यामा चौतारीले आश्रममा संरक्षित लक्ष्मीनारायणहरुलाई सामूहिक भोजन र आश्रमलाई नगद सहित औषधि खाद्यान्न सहयोग गरेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर