Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मार्मिक कविता “बा”

15

 

 

 

 

 

 

 

 

 

धर्मविभेदको आगो कस्ले सल्कायो बा ?
नेपालीको स्वाभिमान कस्ले मेटायो बा?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

एउटै आमाको कोखबाट जन्मे  दाजूभाइ
एउटा बाठो अर्को लाटो कस्ले बनायो बा ?
धर्म जाति भन्दै लड्छौं लडाउँछौं हामी
हरेक मान्छेले रातै रगत किन पायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

देशलाई यो स्थितिमा कस्ले पुर्यायो बा ?
जनता जनता आपसमा कस्ले लडायो बा ?
हामी देश बनाउने एजेन्डाले चुनाव जित्छौं ।
आर्थिक खाडलमा देश कस्ले डुबायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

भ्रष्टाचार रोक्ने कुरा त भाषणमा मात्रै गर्छाै ।
ललिता निवासको जग्गा कस्ले पचायो बा ?
सय सय केजी सुन त्यो कस्ले छिरायो बा?
पुलिस, भन्सारलाई अन्धो कस्ले बनायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

गुरुद्वारा मन्दिर मस्जिद चर्च छन् लाखौं लाख
टाउकै टाउका मान्छेहरुको कस्ले जुधायो बा ?
हामी स्विजरल्याण्ड, अमेरिकाको कुरा गर्छाैं ।
देशका सयौं कारखाना कस्ले लुकायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

 समृद्ध जीवनको सपना कस्ले देखायो बा ?
नक्कली भुटानी शरणार्थी कस्ले रचायो बा ?
एउटै देश नेपालका नागरिक हौं हामी ।
भाइले भाइलाई लुट्न कस्ले सिकायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

एउटा बालेनले काठमान्डौ सुन्दर बनायो बा ।
उता हर्कले धरानेहरुलाई पानी खुवायो बा ।।
भयो भो अति भो अब सुशासनका कुरा नगरौं ।
नेपाली भेडा हुन् भनेर कस्ले सुनायो बा ?
माटोमाथि चौबाटो कस्ले बनायो बा ?
मान्छे मान्छेमा फाटो कस्ले ल्यायो बा ?

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर