Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु

21

 

मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु
गर्छौ मानिसलाई तिरस्कार
मानव बनायो, स्रष्टा नै लज्जायो
धिक्कार तिमीलाई धिक्कार
मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु…….

सीताराम हरेकृष्ण नाम जप्यौ
समाजमा जाति विभेद रच्यौ
परमात्माको पावन नाम बेच्यौ
धर्मशास्त्र फेरेर अधर्म नै सोच्यौ
धर्म ठग्नेहरु पापमा लाग्नेहरु
यस्तै हुन्छ र धार्मिक संस्कार ?
मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु…….

वेदपुराण उपनिषद शास्त्र पढ्यौ
नारँगी वस्त्र पनि तनमा धर्याै
सारतत्त्व भुलेर आडम्बर गर्यौ
लालचमा परी कति तल झर्याै !
ठूला बन्नेहरु मान्छे नगन्नेहरु
हुन्न कहिले नि तिम्रो उद्धार
मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु……

परमात्मालाई कणकणमा देख्यौ
अछुत भन्दै किन दाँत किट्यौ
मानवताका सारा सीमाना मेट्यौ
मन्दिर प्रवेश गर्न तिमीले नै रोक्यौ
तल्लो भन्नेहरु खाडल खन्नेहरु
धर्मै भुल्ने छैन अधिकार
मूति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु ………….

परमात्माकै सन्तान हुन् सारा प्राणी
सबैलाई बराबर घाम हावा पानी
कुलानी बिग्रिन्छ रच्यौ झुटो कहानी
पापै पापले भरियो तिम्रो आनीबानी
दान लिनेहरु पीडा दिनेहरु
छोड अब त गर्न अत्याचार
मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु …………..

मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु
गर्छौ मानिसलाई तिरस्कार
मानव बनायो, स्रष्टा नै लज्जायो
धिक्कार तिमीलाई धिक्कार
मूर्ति पुज्नेहरु ढुङ्गा ढोग्नेहरु…..

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर