Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मेडिकल सञ्चालक गरे एक्सरे कक्षमा विरामीको बलात्कार प्रयास

17

मंसिर १६ । स्वास्थ्य सेवा संस्थाहरु रोगको निदान र समाधान गर्ने आस्थाका केन्द्र हुन् जहाँ पुगेपछि विरामीले आफूलाई सुरक्षित महसुस गर्दछ र गर्न पाउनु पनि पर्दछ । यस्तै ठाउँमा लज्जास्पद घटना भएको समाचार बाहिरिएको छ । उपचार गराउन गएकी एक महिलामाथि मेडिकल सञ्चालकले बलात्कारको प्रयास गरेका छन् । ४० वर्षीया महिलालाई रोशी गाउँपालिका–९, नार्केस्थित सागर मडिकलका सञ्चालकले महिलाको एक्सरे गर्ने क्रममा एकान्तको अवसर छोपी एक्सरे कक्षमै बलात्कारको प्रयास गरेका हुन् । आरोपी ५० वर्षीय चेतन रामलाई प्रहरीले पक्राउ गरेको छ ।

विरामी महिलालाई आरोपितले मङ्सिर १३ गते सागर मेडिकलमा एक्सरे गर्ने बेलामा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय, मङ्गलटारमा उजुरी दिएको थियो।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर