परब्रह्म राधाकृष्णकै अंश थियौ तिमी
जन्म लिएउ बन्नलाई मेरै जीवनरथी
मप्रति सेवा थियो तिम्रो आफूभन्दा माथि
मेरी जीवनसाथी, मेरी जीवनसाथी
मलाई खुसी राख्न धड्कियो तिम्रो धडकन
मेरै खिदमतमा हरपल रमाउँथ्यो तिम्रो मन
जीवनभर साथ दिने थियो तिम्रो वचन
लाखौँको भिडमा तिमीले गर्याै मेरो चयन
कहिल्यै चुकिनौ कहिल्यै बनिनौ स्वार्थी
मेरी जीवनसाथी, मेरी जीवनसाथी
जुदाइ सही बाँच्ने थिएन चाहना मनको
वियोग सहनैपर्ने रहेछ हकिकत जीवनको
छुट्टिने मितिसँगै जुर्दाेरहेछ साइत लगनको
छेक्न रोक्न नपाइने बेला त्यो मरणको
आउनेजाने एक्लै विवश मानिसजाति
मेरी जीवनसाथी, मेरी जीवनसाथी
मृत्युसामु अर्थ छैन हाम्रा बाचा बन्धनको
ज्यादै कठोर निर्मम दस्तुर आवागमनको
कतिखेर ढलिजान्छ भरोसै छैन तनको
थाहै हुन्न कहाँ रोकिन्छ यो यात्रा जीवनको
आँखैसामु हेर्दाहेर्दै भइदिन्छ बर्बादी
मेरी जीवनसाथी ओह मेरी जीवनसाथी
पाइछैनौ थाहा तिम्ले कस्तो छ मेरो हाल
भोग्दै छु दुःख तिमी बिना बिग्रिगयो चाल
बढ्दै छ निल्न मतिर समयधाराको छाल
तिमी लुकेझैँ मनि लुक्छु खै कुन्नी कुन साल
नाता सम्बन्ध तोडिजाने कस्तो यो आजादी
मेरी जीवनसाथी, मेरी जीवनसाथी
शब्द: २६ असोज २०८१
प्रकाशन मिति : २७ असोज २०८१