Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु

19

सिरहा, मंंसिर ७ । सिरहानगरपालिका–१९ संहैथामा हुलाकी राजमार्गमा बुधबार दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार पश्चिमतर्फ जाँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल (प्रदेश २-०१-००१ प १८५०) लाई ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवारले हेल्मेट नलगाएको थियो । घाइते युवराजकुमार यादवलाई गएराति उपचारका लागि विराटनगर लगिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर