Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु

20

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ।

मकवानपुरगढीको बाँसपानीबाट सुकौरा जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी-२, बाँसपानीमा दुर्घटना भएको हो। बागमती प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल सडकबाट करीब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

दुर्घटनामा मकवानपुरगढी-२, कुर्लेपाखाकी ३४ वर्षीया रूपा स्याङ्तानको मृत्यु भएको छ। त्यस्तै, उनकी पाँच महीनाकी छोरीको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको घटनास्थलमै ज्यान गएको हो।

त्यस्तै, दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते छन्। उनको हेटौंडामा उपचार हुन नसकेपछि भरतपुर लगिएको छ। उनी रूपाका श्रीमान् हुन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर