Sat2024 July 27
२०८१ साउन १२, शनिबार

यातायात समितिको ज्यादतीविरुद्व ज्ञापन पत्र पेश

21

हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्ने बाजुराको पिलीचौरमा यातायात समितिले गरेको ज्यादतीविरुद्ध  जनप्रतिनिधिद्वारा वैशाख ३० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत गृहमन्त्रालय लगायत १५ ओटा कार्यालयमा ज्ञापनपत्र पेश भएको छ ।

सुर्खेतबाट बाजुराको पिलीचौर हुँदै सर्केगाड सडकखण्डमा सञ्चालन भएका यातायात व्यवसायी स्वामीकार्तिक, बडिमालिका, भिजिट कर्णाली र मानसरोवर आदि यातायात सेवा समितिले हुम्ला, मुगुबाट जाने र नेपालगञ्ज तथा सुर्खेतबाट जिल्ला आउने यात्रु, बिरामी, कर्मचारी, विद्यार्थी र व्यापारी लगायत सम्पूर्ण यात्रुहरूलाई आफनो समितिको गाडीका जबरजस्ती बस्न लगाउने , धम्की दिने , सर्केगाडबाट गएको गाडीलाई प्रवेश नदिने र भाडा बढी लिने गरेको हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र पेश गरिएको सिमकोट गाउँपालिमा अध्यक्ष विजय भण्डारीले जानकारी दिनु भयो ।

सुर्खेतबाट बाजुरा हुँदै पिलीचौर सम्म १ सय ३६ किलोमिटर छ । तीन हजार गाडी भाडा भएपनि मनपरी रुपमा पाँच हजारदेखि सात हजार सम्म असुल्ने गरेको हुँदा ज्ञापन पत्र पेश गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनु भयो । पिलीचौरमा ज्यादती गर्ने यातायात व्यवसायीलाई बन्द गरी नेपालगञ्ज, सुर्खेत, बाजुरा पिलिचौर र हुम्लाको सर्केगाड गाउँपालिकामा विभिन्न नामबाट सञ्चालित यातायात प्रालिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सिमकोट गाउँपालिमा अध्यक्ष भण्डारीको भनाइ छ ।

त्यस्तै विभिन्न नाममा खोलिएका यातायात समितिहरूलाई खारेज गरी बन्द गर्नुपर्ने उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले बताए ।

यातायात समितिले यात्रुलाई भाडामा धेरै दुःख दिएको पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतले बताउनुभयो ।

१५ ओटा निकायमा दिएको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने र छिट्टै कार्यान्वयनका लागि आग्रह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर