Sat2024 July 27
२०८१ साउन १२, शनिबार

यू–१९ एसिया कप : भारतको सामना गर्दै नेपाल

16

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गतको खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्न लागेको हो । आईसीसी एकेडेमी ओभर–२ मा हुने खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल यसअघि आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निक्कै कमजोर बनेको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर