Sat2024 July 27
२०८१ साउन १२, शनिबार

यौन दुर्व्यवहार घटनामा कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैदको फैसला

14

दाङ्ग । ६ वर्षीय बालकलाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले मङ्सिर १७ गते कसुर ठहर गर्दै बालकलाई कैदसँगै १ लाख रूपियाँ जरिबाना र २ हजार २ सय रूपियाँ  पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको  जिल्ला अदालतलका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

कार्कीको इजलासले कसुरदार नावालक भन्दै ११ वर्ष ६महिना कैद स्थगन गर्ने तर यस्तै घटना दोहोरिए तोकिएको कैद पुनः भुक्तान गर्ने गरी हाल एक वर्ष कैद कार्यान्वयन गर्ने फैसला पनि गरेको छ ।

आरोपितले ०८० असार १७ गते अप्राकृतिक मैथुन गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालय, दाङमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर