Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रक्षाबन्धनकै दिन निर्वस्त्र पारेर आफ्नै श्रीमानले श्रीमतीलाई गाउँ डुलाए

17

राजु विके, भदौ १८ । बाँच्न पर्छ, अनेकन अनेक विचित्र घटनाहरुबारेमा देख्न र सुन्न पाइन्छ । सम्बन्धमा इमानदारिता भए उपहार स्वरुप साथ र सहयोगका रुपमा औधि प्रेम प्रदर्शन गरिन्छ भने त्यही सम्बन्धमा छलकपट भइ आएमा निर्मम भएर मानप्रतिष्ठा हरण मात्रै होइन ज्यानसमेत लिइन्छ । प्रेमिकाबाट धोखा खाएकाहरुले आफूलाई प्रेमिका–पीडित प्रेमीको रुपमा हेर्छन् अनि सार्वजनिक स्थानमै प्रेमिकाको हत्या गर्न उनीहरुको खुट्टा काम्दैन भलै स्वयं मर्न पनि किन न परोस् । त्यस्तो पागलपन देखिन्छ ।

भारतको राजस्थमानमा पनि एउटा लाजमर्दाे घटनालाई अन्जाम दिइएको छ । ३१ अगस्त तदनुरुप भदौ १४ गते रक्षा बन्धनकै दिनको घटना हो । राजस्थानको प्रतापगढ जिल्लाको धारियावाद थाना क्षेत्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । मानिसहरूले भिडियो बनाउन समय पाए तर घटनालाई कसैले रोक्ने आँटै गरेनन् ।

यहाँ गर्भवती महिलालाई पूर्ण नग्न अवस्थामा गाउँ वरिपरि घुमाइएको छ । यो काम अरु कसैले नभई महिलाका श्रीमान कान्हा गमेतीले नै गरेका थिए र महिलालाई गाउँलेको अगाडि एक किलोमिटरसम्म दौडाएका थिए । घटना भएको एक दिनपछि शुक्रबार उक्त भिडियो भाइरल भएपछि यो कुरा बाहिर आएको हो ।

महिलाको डेढ वर्षअघि यही गाउँका एक युवकसँग विवाह भएको थियो । बिहे गरेको ६ महिनापछि युवती छिमेकी गाउँ ओपला कोटाका एक युवकसँग अनैतिक सम्बन्धकै आधारमा पोइला गइन् । परपुरुषसँग करिब एक वर्ष बसेपछि पुनः उनी  गर्भ धारण गरेको अवस्थामा आफ्नै पूर्व पतिको घर फर्किन् ।  यसपछि आक्रोशित श्रीमानले गाउँलेहरुको अगाडि लुगा फुकालेर तमाशा गरे ।

गाउँका मानिसहरु पनि भीडमा जम्मा भएर महिला हिंसाको रमिते बने । मोबाइलबाट मनोरञ्जनात्मक शैलीमा भिडियो बनाउन थाले । तर श्रीमानलाई कसैले रोकेनन् ।

 

गर्भवती महिलालाई शारीरिक यातना समेत दिए पछि उनी घाइते अवस्थामा छिन् । उनलाई जिल्लाको चिकित्सालयमा उपचारका लागि भर्ना गरिएको छ । पछिल्लो खबरका अनुसार मुख्य आरोपी सहित आठ जनालाई प्रहरीले हिरासतमा लिएको छ । थप आरोपीहरुको खोजी कार्य भइरहेको छ । आफ्नो आङ्गको भैंसी नदेख्ने अर्काको आङ्गको जुम्रा पनि हेर्ने यस पतनोन्मुख समाजमा महिलाहरु मर्यादामा रहन सक्ने हो भने यस्ता महिला हिंसाका घटनाहरुलाई न्यूनीकरण अवश्यक गर्न सकिन्छ । आफ्ना कर्तव्य, जिम्मेवारी र नैतिक परिधिको ज्ञान राख्नु र सतर्क रहनु सबैले जरुरी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर