Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रक्षा बन्धन, यसको महत्व र सावधानी

20

राजु विके, भदौ १४ । यसपटक भदौ १४ गते रक्षाबन्धन पर्व मनाइँदैछ । रक्षाबन्धनको पर्वमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने गर्छन् । रक्षा बन्धन, वा राखी, भाइबहिनी बीचको अटल प्रेमप्रतीक हो । यो पर्व प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमा (पूर्णिमा) मा पर्छ। यस दिन दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरुको स्वास्थ्य र जीवनमा सफलताको कामना गर्दछन् । जसमा दाजुभाइले दिदीबहिनीलाई जोगाउने, माया गर्ने र अप्ठ्यारो परिस्थितिमा सघाउन सधै तत्पर रहने वाचा गर्छन्।

रक्षा बन्धनको इतिहास 
रक्षा बन्धन सनातनीहरुको महत्वपूर्ण चाड हो । यस पर्वसँग सम्बन्धित किंवदन्तीहरू अनेक छन् जसमध्ये एक महाभारत महाकाव्यबाट उत्पन्न भएको हो। पौराणिक कथा अनुसार सुदर्शन चक्रले संयोगवश भगवान कृष्णको औंला काटेको थियो । यो देखेर द्रौपदीले आफ्नो साडीबाट एउटा कपडा च्यातेर घाउमा बाँधेर रक्तस्राव बन्द गरिन् । भगवान कृष्ण उनको इशाराबाट धेरै प्रभावित भए र सधैं उनको रक्षा गर्ने प्रतिज्ञा गरे। द्रौपदीलाई नग्न बनाउन उनको साडी दुर्योधनको आदेशमा दुशासनले भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, विदुर लगायतका माननीय दिग्गज जनहरुको उपस्थितिमै फुकाल्ने प्रयास गरेको थियो । हस्तिनापुरको राजदरबारमा द्रौपदीले सार्वजनिक अपमानको सामना गर्दा  उनको रक्षा गरेर भगवान कृष्णले यो प्रतिज्ञा पूरा गरेका थिए।

रक्षा बन्धनको महत्व
दाजुभाइ दिदीबहिनीको प्रेम, सदभाव र दाजुभाइद्वारा दिदीबहिनीको रक्षाको प्रतीकका रूपमा पनि रक्षाबन्धन पर्व मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मिठाई खुवाउने गर्छन् । यो दिन दाजुभाइले दिदीबहिनीको रक्षा गर्ने वाचा गर्दछन्।

सावधानी
पर्व खुशियालीको अवसरमा मिठाई खुवाउँदै गर्दा दाजूभाईको स्वास्थ्यप्रति पनि दिदीबहिनीहरुले ध्यान दिनु आवश्यक छ । मिठाईका जुनसकुै परिकारमा चिनीको मिश्रण हुन्छ । चिनीको सेवन मस्तिष्कघात, पक्षाघात आदि जस्ता दीर्घ रोगहरुको कारण हो । चिनी क्यान्सर गराउने पदार्थ होइन तर यसको अधिक सेवनले मोटोपनको अवस्था सृजना हुन्छ, शरीरको तौल बढ्दै जाँदा पछि क्यान्सर समेत हुन सक्ने रिपोर्टले देखाएको छ । चिनीले क्यान्सर कोषको वृद्धिमा सहयोग गर्ने प्रमाणहरु फेला परेका छन् । त्यसैले चिनीको उत्तम विकल्पका रुपमा मिश्रि (धागोवाला) , शखर, गुँड, मह प्रयोग गर्नु पर्दछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर