Sat2024 July 27
२०८१ साउन १२, शनिबार

‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजबाट हेर्न पाइने

17

काठमाडौँ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत आउने उल्लेख गरेका छन् ।

राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द मैनाली, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।

सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ भने देखिने छैनन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर