Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते

18

तनहुँ, मङ्सिर १३ गते । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो । धनकुटाको साँघुरी गढी बस्ने  वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर