Sat2024 July 27
२०८१ साउन १२, शनिबार

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

20

काठमाडौं । सरकारले आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यावधि सकिँदैछ ।

राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर