Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रियल म्याड्रिडको जीत

16

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई पराजित गरेको छ । म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेल्न रियलले २-० को जित हासिल गरेको हो । रियलका लागि ब्राहिम डियाजा र होसेलुले समान एक एक गोल गरेका हुन् ।

खेल अघि तेस्रो स्थानमा रहेको म्याड्रिडका लागि डियाजले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता दिलाएका थिए । होसेलुले दोस्रो हाफको नवौं मिनेटमा अर्को गोल थपेका थिए ।

जित पछि रियलको सात खेलमा १८ अंक रहेको छ । रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । यस्तै तालिकाको शीर्ष स्थानमा भने जिरोना रहेको छ । जिरोनाले गएराति नै भिल्लारियललाई २-१ ले हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।

जिरोनाको सात खेलमा छ जित र एक बराबरीका साथ १९ अंक छ । लिगमा अहिलेसम्म जिरोना र बार्सिलोनाले मात्र कुनै पनि खेल हारेका छैनन् ।

आगामी शनिबार शीर्ष दुई टोली जिरोना र रियल म्याड्रिडले एक अर्का सँग खेल्दा बार्सिलोनाले शुक्रबार साँझ सेभिल्लाको सामना गर्नेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर