Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रुपन्देहीको सौ. फर्साटिकरमा श्री सीताराम विवाह महोत्सव धुमधामसँग सम्पन्न

17

  लोक सारथी संवाददाता

 

रुपन्देही, पौष २ । सौ. फर्साटिकर– १ मा श्री सीताराम विवाह महोत्सव सम्पन्न भएको छ । श्री सीताराम मन्दिर तथा भागवत भवन समितिको आयोजनामा पौष १ गते उक्त महोत्सव सम्पन्न भएको हो । त्रेता यूगमा विवाह पञ्चमीकै दिन अयोध्यावाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ ।

स्थानीयहरुबाट प्राप्त जानकारी अनुसार शुद्धोधन गा.पा. धार्मिक दृष्टिकोणले आस्था र इतिहास बोकेको क्षेत्र हो । सुद्धोधन गा.पा. मा स्थित श्री सियाभार दुर्गा मन्दिर करिब ८०० वर्ष पुरानो ऐतिहासिक मन्दिर भएको मानिन्छ । नेपालको रुपन्देही शुद्धोधन गाउँपालिका क्षेत्रमा ८०० वर्ष पुरानो मन्दिरले यस क्षेत्रको महत्वलाई पुष्टि एवं प्रमाणित गरेको छ । परापूर्व कालमा महान् पतिव्रता नारी अनुसुया मुक्तिनाथको यात्रामा यसै क्षेत्रमा बसोबास गरेको कारणबाट अनुसुयाको अपभ्रंंश भएर सियाभार नाम रहन गएको यहाँका स्थानीय बौद्धिक व्यक्तित्वहरुको भनाइ रहेको छ ।

विवाह पञ्चमीको उक्त महोत्सवमा दुई बालक तथा एक बालिकालाई राम, लक्ष्मण र सीताको स्वरुपमा प्रस्तुत गरेर उच्चतम चरित्र निर्माणार्थ समाजलाई प्रेरणा दिने प्रयत्न गरिएको थियो ।

८०० वर्ष पुरानो ऐतिहासिक मन्दिरको हाल ३ तला पितलको छाना भएको ३ तले प्यागोडा शैलीको मन्दिर भित्र परस्त्रर शैलीका ठूला २ वटा मूर्ति रहेका छन् । ती २ वटा मूर्ति मध्ये १ छिन्न मस्ता देवीको मूर्ति रहेको छ । यस मन्दिरको उत्तर पूर्वबाट १ सियाँरी नदी बगेको हुँदा अति रमणीय वातावरण निर्माण भएको छ । मन्दिरको पश्चिमतर्फ गणेश मन्दिर रहेको छ भने १ सभाहल पूर्वतिर निर्माणाधिन पार्क स्थल छ । र पार्क स्थलमा २ वटा ट्रस्ट र बाल क्रिडा स्थल र झुलाहरुको व्यवस्था छ । दैनिक पूजा आजा चल्ने गर्दछ भने दशैं, गणेश चौथी ऋषि तर्पणीमा विशेष भक्तजनको उपस्थिति रहने गर्दछ । गत वर्षदेखि विवाह पञ्चमीमा पनि रामसीताको वैवाहिक उत्सव मनाउन थालिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर