Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

रुविनाको कप्तानीमा कोशीको टोली घोषणा

19

काठमाडौं – नेपाली क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा कोशी प्रदेशले बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।

बन्दना राजवंशी, रिया शर्मा र बिमला महलालाई समेट्दै टोली घोषणा गरेकोछ । घोषणा टोलीमा रुविनासँगै काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई र सबनम राई नेपाली टोलीबाट खेलेका खेलाडी छन् ।

त्यस्तै गतवर्ष काठमाडौं मेयर्स कपमा उत्कृष्ट बलर चुनिएकी निशा शाह लगायतका युवा खेलाडी छन् । कोशीले २०२१ मा दाङको लमहीमा भएको पिएमकपपछि उपाधि जित्न सकेको छैन ।

बिहीबार देखी सुरु हुने प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता छ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।

कोशीको टोली :

रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर