Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रोकिएन महिला र बालबालिका बेपत्ता हुने क्रम

19

लमजुङ । लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् ।

हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । उनका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, ६ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा महिला, बालबालिका, ज्येष्ठ नगारिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नगारिक पाँचजना हराएको प्रहरीले जनाएको छ ।

हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र  चार ज्येष्ठ नागरिक र फेला परेका थिए । सात महिला, एक ज्येष्ठ नागरिक र ६ जना पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी १२१ जना हराएका थिए । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए । सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए ।

महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको संगत, घरझगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ । प्रहरीले खोजीका लागि अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । रासस

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर