Sat2024 July 27
२०८१ साउन १२, शनिबार

रोनाल्डो बिना पोर्चुगलको ९ गोल !

16

एजेन्सी – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निलम्बित भएपछि उनी बिना मैदानमा उत्रेको पोर्चुगलले यूईएफए युरो छनोट अन्तर्गतको खेलमा लक्जेमबर्गलाई ९-० को फराकिलो अन्तरले हराएको छ । पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध ठूलो अन्तरको जित निकालेको हो । पछिल्लो छ खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध २१ गोल गरेको थियो र फेरिपनि त्यही प्रभुत्वलाई निरन्तरता […]

पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध ठूलो अन्तरको जित निकालेको हो । पछिल्लो छ खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध २१ गोल गरेको थियो र फेरिपनि त्यही प्रभुत्वलाई निरन्तरता दियो ।

पोर्चुगलको जितमा रोनाल्डोको ठाउँमा सुरुवाती ११ मा स्थान बनाएका गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे भने जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे ।

रामोसले गत विश्वकपमा पनि रोनाल्डोकै स्थानमा खेलेर स्विट्जरल्याण्ड विरुद्ध प्रि-क्वाटराइनलमा ह्याट्रिक गरेका थिए । सोमबार पनि सुरुवात गर्ने मौका पाएका उनले दुई गोल गरे । पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

लक्जेमबर्ग रोनाल्डोको अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा सफल प्रतिद्वन्द्वी हो । उनले अन्तराष्ट्रिय फुटबलमा गरेका १२३ गोल मध्य सबैभन्दा धेरै ११ गोल लक्जेमबर्ग विरुद्ध गरेका छन् । पहिलो कार्डको संचयले गर्दा निलम्बनमा परेसँगै उनले अन्तराष्ट्रिय फुटबलमा १२३ गोलको कीर्तिमान लक्जेमबर्गका विरुद्ध थप फराकिलो गर्ने अवसर पाएनन् ।

छनोटको समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा छ जीतसहित १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको स्लोभाकियाको १३ अंक छ । स्लोभाकियाले गएराति नै लिक्टेन्स्टाइनलाई ३-० ले हराएको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर