Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लगातार दोस्रो जीतको आशमा न्युजिल्यान्ड

19

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा भारतको हैदराबादमा सुरुहुनेछ ।

न्युजिल्यान्डले पहिलो खेलमा साविक विश्वकप विजेता इंग्ल्यान्डलाई ९ विकेटले हराएको थियो । २ सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

डेभन कन्वे १ सय ५२ र रचिन रविन्द्र १ सय २३ रनमा नट आउट रहेका थिए । इंग्ल्यान्डविरुद्ध उक्त प्रदर्शनले यी दुई ब्याटरको मनोबल झनै उच्च छ । केन विलियम्सन आजको खेलमा पनि उपलब्ध हुनेछैनन् । टम लाथमले नै टोलीको कप्तानी गर्नेछन् ।

न्युजिल्यान्डको ब्याटिङ उत्कृष्ट छ । मध्यक्रममा डर्याल मिचेल, ग्लेन फिलिप्स र टम लाथम र मार्क च्यापम्यान जस्ता खेलाडी छन् । न्युजिल्यान्डले कमजोर सुरुवात गर्दा पनि खेलमा राम्रो पूनरागमन गर्नसक्छ । न्युजिल्यान्डको तीव्र गतिको बलिङ सदाबहार हतियार हुन् ।

ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निसम तीव्र गतिका बलरको रुपमा हुनेछन् । उता नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो । उक्त खेलमा बास डि लिडले ४ विकेट लिनुको साथै ६७ रन बनाउँदै सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । लिड नेदरल्यान्ड्सका मुख्य हतियार हुन् ।

नेदरल्यान्ड्सको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । ओपनर विक्रमजित सिंह, म्याक्स ओडाउड र कोलिन एकरम्यानबाट शीर्षक्रममा उच्च प्रदर्शन चाहन्छ ।

लगातार काउन्टी खेल्दै आएका एकरम्यान ब्याटिङका प्रमुख आशा गरेका खेलाडी हुन् । कप्तान स्कट एडवार्डस र तेजा निडामानिरु पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् । लोगन भान बिक, पाउल भान मार्केन र बास डि लिड प्रमुख तीव्र गतिका बलर हुन् ।

यदि लोकी फर्गुसन फिट भएको अवस्थामा जेम्श निसम बेन्चमा बस्न सक्छन् । नेदरल्यान्ड्सले भने टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच चार खेल भएको छ । चारै खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर