Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लप्सीफेदीमा स्थानीय र प्रहरीबीच झडप,१४ जना पक्राउ

18

NEA and agitating locals of Lapsiphedi reach agreement to normalise the situation

काठमाडौं : प्रहरीले काठमाडौंको शङ्खरापुर–३ लप्सीफेदीमा कानुन कार्यान्वयन गर्ने कर्मचारीसँग मुठभेडमा संलग्न १४ जनालाई पक्राउ गरेको छ ।

हिजो चार जनालाई पक्राउ गरिएको थियो भने आज बिहान थप १० जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना रहेका छन् । शुक्रबार राति पक्राउ पर्नेमा जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण र लप्सीफेदीमा सुरक्षा चौकी राख्ने विषयमा विवाद भएपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सबस्टेसनको सुरक्षाका लागि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी आधार शिविर र नेपाल प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले जानकारी दिए। । त्यसपछि शुक्रबार प्रहरी टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले रुख काटेर सडक अवरुद्ध गर्दै सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए ।

स्थानीयसँगको झडपमा डिएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएको सिडिओ बस्नेतले जानकारी दिए ।शङ्खरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको मध्यभागमा सबस्टेसन नबनाउन स्थानीयको माग रहेको बताए ।

उनले शुक्रबार प्रहरी आएपछि स्थानीयले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्दै प्रदर्शन गरिरहेको बताए । यस प्रदर्शनका क्रममा झडप भएको तामाङले जोड दिए । आज (शनिबार) बिहान पनि प्रहरीले घरघरमा खोजी गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर