Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लमजुङको मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख थापा पक्राउ

15

 

लमजुङ । लमजुङको बेंशीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार थापाविरुद्ध सोमबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । थापामाथि कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानूनी तवरले चलाएको आरोप छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवालसहित छ जना पक्राउ परिसकेको डिएसपी घलेले बताए ।

स्रोतका अनुसार थापा तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्थाको सचिवको भूमिकामा थिए । सहकारी एकीकरण भएपछि उनी सञ्चालक सदस्यमा बसेका थिए । सहकारीको सचिवको जिम्मेवारीमा रहँदा उनले सहकारी मर्जर अभियान चलाएका थिए ।

संस्था एकीकरण प्रक्रियामा रहँदै गर्दा थापाले नियमविपरीत आफ्नो सेयर रकम निकासा गरेको आरोप छ । थापा करिब २९ वर्षदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर