Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लाठीको प्रहारले वृद्धको मृत्यु, आरोपित गिरफ्तार

21

रसुवा । लाठीको प्रहारले वृद्धको मृत्यु भएको छ । गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेपछि निज ज्येष्ठ नागरिकको मृत्यु भएको हो । हत्या आरोपमा ४० वर्षीय छेवाङ तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरेका आरोपितले बुबालाई मङ्सिर १४ गते लाठीले टाउकोमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । सामान्य घरयासी विवाद हुँदा बुबाको हत्या भएको र घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताउनु भयो ।

प्रहरीलाई घटनाको बारेमा जानकारी भएपछि मङ्सिर १५ गते प्रहरी घटना स्थलमा पुगेको उहाँले बताउनु भयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, धुन्चेमा ल्याइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर