Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लामालाई वाग्मती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

16

मुख्यमन्त्री शालिकराम जम्माकट्टेलको अनुपस्थितिमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री जम्मकट्टेल व्यक्तिगत कारणले विदेश जाने भएकाले प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका कार्यवाहक मुख्यमन्त्री लामालाई जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले कात्तिक २१ गतेदेखि मुख्यमन्त्री जम्माकट्टेल नआउञ्जेलसम्म लामालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको बताए ।

मुख्यमन्त्री जम्मकट्टेलका स्वकीय सचिव उपेन्द्र जम्मकट्टेलले मुख्यमन्त्री एक साताका लागि दुबई, युएईको भ्रमणमा रहेको जानकारी दिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर