Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लायन्स क्लब अफ बुटवल चौतारीको लागु औषध र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

17

 

राजु विके, भदौ ७ । गत सोमबार एक विद्यालयमा लागु औषध र क्यान्सर सम्बन्धी वृहत् सचेतना कार्यक्रम सम्पन्न भयो । बुटवल–१३, नहरपुरमा सञ्चालित ज्ञानपुञ्ज इङ्गलिश बोर्डिङ स्कूलमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन तथा बाल्यावस्थामा हुने क्यान्सर सम्बन्धमा उक्त सचेतना कार्यक्रम गरिएको थियो ।

लायन्स क्लब अफ बुटवल चौतारीको अवधारणा, योजना तथा प्राविधिक व्यवस्थापनमा उक्त कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको कार्यक्रम संयोजक हिमलाल न्यौपानेले बताए ।
बालावस्थाको क्यान्सर र लागु औषध दुर्व्यसन विषय सम्बन्धी परिभाषा, कारण, जटिलता, लक्षण, निदान, रोकथाम तथा उपचार माथि सविस्तार व्याख्यान देवदह मेडिकल कलेजमा कार्यरत डाक्टरहरुको टिमले गरेको थियो ।

लायन्स एरिया–४ की कार्यवाहक एरिया चिफ तथा देवदह मेडिकल कलेजमा कार्यरत एसिसटेन्ट प्रोफेसर डा. शान्ता शर्माले क्यान्सर के हो कसरी चिन्ने, त्यसको मेडिकल व्यवस्थापन कसरी हुन्छ आदि विषय उपर व्याख्यान दिएकी थिइन् भने डा. आकाश पाण्डे र डा. कृष्ण यादवले लागु औषध दुर्व्यसन विषयमा विद्यार्थीहरुलाई  प्रोजेक्टरको माध्यमले भिजुअलसहित स्पष्ट पारेका थिए ।

लायन्स क्लब बुटवल चौतारीका अध्यक्ष रामजी नेपालको अध्यक्षता, लायन्स इन्टरनेशनल  डिस्ट्रिक्ट ३२५ पी का डिजी अर्जुनमान सैजुको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य तोयाराम पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सेकेन्ड भिडिजी बालाराम भट्टराई तथा चौतारीका पूर्व अध्यक्ष लायन माधव खनाल लगायत कार्यक्रम आयोजक परिवारको उपस्थिति थियो भने लायन्स क्लब अफ बुटवल चौतारीका सचिव विमल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर