Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लायन्स क्लब भृकुटी पाराडाइजद्वारा आर्थिक सहयोग प्रदान

18

बुटवल, भदौ १४ । सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ भृकुटी प्याराडाईजले आर्थिक सहयोग कार्यक्रम आयोजन गरि आर्थिक सहयोग गरेको छ । भदौ १३ गते बुधबारका दिन क्लबले क्यान्सर पीडितलाई दस हजार आर्थिक सहयोग गरेको हो ।

क्लबकी थर्ड भिपि तुलसा पराजुलीको छोरीको जन्मदिनको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन अर्जुनमान सैंजु र क्लबको अध्यक्ष सुमित्रा टण्डनको हातबाट देवीनगर बसोबास गर्दै आउनु भएकी क्यान्सर पीडित हिरा कार्कीको अविभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । विशेष अतिथि जिएसटि लायन राधिका भुसाल, एरिया सेक्रेटरी लायन डा. शान्ता शर्मा, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जोन चेयरपर्शन तथा क्लबको एक्सटेन्सन चेयरपर्सन लायन अमृता कार्की पौडेल लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम क्लबको थर्ड भिपि तुलसा पराजुलीको संयोजकत्वमा भएको थियो ।

क्लबका अध्यक्ष सुमित्रा टण्डनको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लबको सचिव सुनिता न्यौपानेद्वारा सञ्चालन गरिएको थियो भने झण्डाको अभिवादन क्लबको डाईरेक्टर सरस्वतीले गरेकी थिइन् ।

मन्तव्य दिने क्रममा प्रमुख अतिथि लायन अर्जुनमान सैजुले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्ययोजनाहरूबारे सल्लाह सुझाव दिनुहुँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने लायन राधिका भुसालले क्लब सञ्चालनको लागि सधै सहयोग र सल्लाह दिन तयार रहेको बताउँदै क्यान्सर पीडितका लागि शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर