Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लाेक कवि एवं साहित्यकार प्रा.डा. कुसुमाकर न्यौपाने सम्मानित

16

पोखरा । पोखराका लाेक कवि एवं साहित्यकार प्रा.डा. कुसुमाकर न्यौपाने काठमाडौंमा सम्मानित भएका छन् ।

तुलसीमान श्रेष्ठ स्मृति समाजले दशकौंदेखि लोकसाहित्य अनुसन्धानमा लागेर लोक साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत प्राडा न्यौपानेलाई साे सम्मान गरिने भएकाे हाे । उनलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राडा. तुलसी भट्टराईले न्यौपानेलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा कुलप्रसाद कोइराला, डा. बद्रीविशाल भट्टराई, सीताराम अधिकारी लगायतले साहित्यमा न्यौपानेले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

सम्मानित व्यक्तित्व प्राडा न्यौपानेले पुरस्कारले आफूलाई लोकसंस्कृतिको जगेर्नामा जुट्न थप प्रेरणा मिलेको बताए ।

यसअघि उक्त पुरस्कार लोक संस्कृतिविद् प्राध्यापक तुलसी दिवस, लोकगायिका ज्ञानु राणा, लोक तथा देउडा गायक नन्दकृष्ण जोशी, संस्कृतविद् सत्यमोहन जोशी र भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राडा चूडामणि बन्धुलाई प्रदान गरिएको थियो।

पर्वतमा जन्मिएका न्यौपाने हाल पोखरामा बसोबास गर्दै आएका छन् ।

न्यौपानेले विसं २०४५ सालदेखि त्रिवि अन्तर्गत पोखराका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थामा प्राध्यापन गरेका थिए ।

सेवा निवृत्त उनी हाल अनुसन्धान तथा लेखन कार्यमा निरन्तर क्रियाशील छन् ।

उनका लोकगीतमा वृक्ष, वनस्पति र वन, गोपीचन लोकनाटक, लोकरामायण, कस्केली जातजाति र उखान, दशावतार बालन लोकनाटक, नेपाली लोकगीतका सन्दर्भ, नेपाली लोकगीत लगायतका अनुसन्धानमूलक पुस्तक प्रकाशित छन् । न्यौपानेले दर्जन बढस् सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर