Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लोकसेवा आयोगद्वारा पुराना कागजातहरु कागज मिलमा लैजान दरभाउ पत्र आह्वान

17

राजु विके, रुपन्देही, भदौ ३ । लोक सेवा आयोगले भदौ १ गते झुरा तथा पुराना कागजातहरु उठाउन दरभाउ पत्र आह्वान सम्बन्धी सूचना निकालेको छ । अनामनगर स्थित भवनको जमिनमुनिको तलामा रहेका करिब ३ लाख बराबरको पुराना पत्रपत्रिका, लेखेको उत्तरपुस्तिका, पुराना किताब, फाइल, मुचुल्का सहितका खाम, थैला लगायतका काम नलाग्ने कागजती सामाग्रीहरु सूचना प्रकाशित मितिले एक साता भित्र उठाएर कागज मिलमा सप्लाई गर्न सक्ने इजाजत प्राप्त सम्बन्धित निकायहरुबाट सूचना नं. १५३/०८०–८१ को सूचना मार्फत आयोगले दरभावपत्र आह्वान गरेको हो ।

सूचना अनुसार सूचना प्रकाशित भएको मितिले ७ औं दिन कार्यालय समय भित्र कार्यालयमा शिलबन्दी दरभाउपत्र दर्ता गराई सक्नु पर्नेछ । ८औं दिन दिउँसो १ बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा दरभाउपत्र खोलिने छ । दरभावपत्रदाता उपस्थित नभएपनि दरभाउपत्र केन्द्रीय कार्यालयमा खोल्न कुनै बाधा पुग्ने छैन ।

त्यसैगरी जमानत बापत दरभाउपत्र साथ कबोल अङ्गको १० प्रतिशतले हुने रकम यस कार्यालयको कोड नं. २१–०००–३५०१ कोष तथा लेखा नियन्त्रक कार्यालय, बबरमहलको नाममा नेपाल राष्ट्र बैंक, बालुवाटारमा रहेको धरौटी खाता नंं १२०–१२००–००१–००२५२४ मा दाखिला गेको सक्कलै बैंक भौचर वा यस आयोगको नाममा जारी गरिएको दरभाउपत्र दाखिला हुने अन्तिम दिनबाट गणना हुनेगरि ९० दिन अवधि रहेको सक्कल बैंक जमानी पत्र संलग्न गरी पेश गर्नुपर्नेछ ।
आयोगले न्यूनतम प्रति के.जी. रु. २०.६७ का दरले अनुमानित १४,४०० के.जी. प्रयोगविहीन पुराना कागजातहरु बेच्न लागेको हो ।

कागज मिलमा सप्लाई गरेको कार्यानुभवको प्रमाण पत्र सहित आफूले प्रति के.जी. के कति दरमा लिने हो, सो उल्लेख गरी नवीकरण भएको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाण पत्र, स्थायी लेखा दर्ता प्रमाण पत्र वा मू.अ.कर दर्ता प्रमाण पत्र एवम् आ.व. ०७८÷०७९ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी साथै राखी शिलबन्दी गरी निवेदन बुझाउन भनिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर