Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लोकसेवा आयोग बुटवलको लिखित परीक्षामा २०१३ जना उत्तीर्ण, २० जनाको उत्तरपुस्तिका रद्द

18

राजु विके, भदौ १५ । लोक सेवा आयोग, बुटवल, कार्यालयको वि.नं.१३८०१–१३८०६/०७९–८० (खुला÷समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सरह पदका लागि लिइएको परीक्षामा २०१३ जना उम्मेदवाहरु नाम निकाल्न सफल भएका छन् । परीक्षामा सम्मिलित ५५०४ जना उम्मेदवाहरुमध्ये केवल ३६.५७% ले नाम निकालेका हुन् ।

उपरोक्त पदमा मिति २०८० भदौ २ गते आयोगको बुटवल र दाङ कार्यालयहरुबाट प्रथम चरणको लिखित परीक्षा सञ्चालन गरिएको थियो । उत्तीर्ण भएका उम्मेदवारहरु द्वितीय चरणको परीक्षाका लागि छनोट भएकाहरुको नाम, बाबुको नाम, बाजेको नाम र रोल नं. सहित लोक सेवा आयोग, कमलापोखरी, काठमाडौंले आज सूचना सार्वजनिक गरेको छ ।

२० जना परीक्षार्थीहरुको उत्तरपुस्तिका रद्द गरिएको छ । उनीहरुले उत्तरपुस्तिकामा ‘‘की’’ उल्लेख नगरेको हुँदा उत्तरपुस्तिका रद्द भएको आयोगले जानकारी दिएको छ ।

रद्द हुने रोल नम्बरहरुमा ५५००९८, ५५१९६४, ५५२०९३, ५५२१८१, ५५३०३४, ५५३०३७, ५५३१२८, ५५४०२४, ६१००१६, ६१००८२, ६१००८४, ६१००९७, ६१०८१०, ६१०८५८, ६१०९७९, ६१११४३, ६११३९८, ६१२०९०, ६१२५८८ र ९६११३८० रहेका छन् ।
द्वितीय चरणको परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुले साविककै प्रवेशपत्रबाट प्रथम चरणको परीक्षा दिएकै आयोगको सम्बन्धित कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा सहभागी हुनुपर्ने छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर