Sat2024 July 27
२०८१ साउन १२, शनिबार

लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

17

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।दुर्घटनापछि जहाजमा आगलागी भएको छ । मनाङ एयरको यो एउटा मात्रै हलिकप्टर हो । जहाज लुक्लामै रहेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर