Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

वार्नरको १ सय ५० रन पूरा, मार्श शतक बनाउँदै आउट

14

एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नरले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध १ सय ५० रन पूरा गरेका छन् । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४१ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ ।

डेविड वार्नर १ सय १९ बलमा १४ चौका र ८ छक्कासहित १ सय ५३ रनमा नट आउट छन् । उनलाई मार्कस स्टोइनिसले ११ रनमा साथ दिएका छन् । वार्नरले उस्मा मिरलाई छक्का हान्दै १ सय १६ बलमा १ सय ५० रन पूरा गरेका हुन् ।

अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा उस्मा मिरबाट क्याच आउट भएका थिए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए । उस्मान मिरको बलमा स्टिभ स्मिथ ७ रनमा कट एण्ड बोल्ड आउट भए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर