Sat2024 May 25
२०८१ जेठ १२, शनिबार

विद्यार्थीकै प्रेममा परेर शिक्षकले गरे पत्नीको हत्या

8

भदौ ३१ । भनिन्छ प्रेम अन्धो हुन्छ । यसको उदाहरणको रुपमा सबै मुलुकहरुमा घटनाहरु भएको देखिन्छ । केही घटनाहरु त अपराध जन्माउने प्रकृतिका पनि हुन्छन् । सिडनीमा १६ वर्षीया किशोरीको प्रेममा परि आफ्नै श्रीमतीको हत्या गर्ने एक शिक्षकको कैद सजाय थपिएको छ । गत शुक्रबार (15 September) सिडनीको दक्षिणमा लंग बे करेक्शनल कम्प्लेक्स (Long Bay Correctional Complex) मा उनको सजाय बढाइएको हो ।  ७५ वर्षीय क्रिस्टोफर डासनले त्यहाँ आफ्नो पत्नी लिनेटको हत्या गरेकोमा २४ वर्ष लामो सजाय भोगीरहेका छन् । पत्नीको हत्या गरेको पुष्टि भएपछि उनलाई सन् २०२२ देखि जेलमा राखिएको छ ।

सन् १९८२ देखि लिनेट बेपत्ता भएकी थिइन् । उनको शव आजसम्म पनि फेला परेको छैन । लिनेटको हत्या अष्ट्रेलियाको सबैभन्दा रहस्मयी घटना थियो ।
सन् १९८० मा डासनले शारीरिक ज्ञानको नाममा १० वर्ष माथि १७ वर्ष मुनिकी केटीसँग यौन कर्म स्थापित गरेकोमा शुक्रबार न्यायाधीश साराह हगेटले थप ३ वर्षको सजाय सुनाएकी छन् । सजायको दुई वर्ष नन पेरोल पिरियड (Non-Parole Period) अर्थात्  त्यस अवधिमा उनी धरौटी वा अन्य कुनै बहानामा छुट्न पाउने छैनन् । सन् २०४१ मा उनको सजाय पेरोल (Parole) योग्य मानिने छ । उनको यो जीवनकाल जेलमै सकिने देखिन्छ ।

अपराधको समयमा डासन ३२ वर्षका थिए । १६ वर्षीया केटी सुन्दर थिइन् । उनको शिक्षक बन्नका लागि उनले सबै सम्भव प्रयासहरु गर्न सक्रिय कदम चालेका थिए । केटी  (विद्यार्थी) सँग जोर जबरजस्ती नगरेपनि उनले आफ्नो स्वार्थ पूरा गर्न केटीको प्रयोग र शोषण गरेको प्रमाणित भएको थियो । डासनकी पत्नी हराइरहेका बेला उनले आफ्नो विद्यार्थी १७ वर्ष पुगेपछि उनीसँग वैवाहिक सम्बन्ध स्थापित गरेका थिए र एक बच्चा जन्माएका थिए । लिनेट सम्पर्कविहीन छन् भन्ने थाहा हुँदाहुँदै केटी र डासन बीच प्रणयात्मक सम्बन्ध स्थापित भएको थियो जबकि त्यो बेला डासन र लिनेटका २ वर्ष र ४ वर्षका दुई सन्तान पनि थिए । सन् १९८० को जुलाई महिनादेखि विद्यार्थीले डासनसँग शारीरिक सम्बन्ध बनाउन थाली सकेकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर