Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विद्यालयमा चट्याङ पर्दा दुई शिक्षक र तीन जना विद्यार्थी घाइते

24

दैलेख । विद्यालयमा चट्याङ पर्दा दुई शिक्षक र तीन जना विद्यार्थी समेत गरी पाँच जना घाइते भएका छन् । नौमुले गाउँपालिका–६ नाउली स्थित शिवशक्ति माध्यमिक विद्यालय परिसरमा वैशाख २६ गते परेको चट्याङले घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

कक्षा ५ मा अध्ययनरत छात्रद्वय ११ वर्षीय विश्वबिकास रावत, १० वर्षीय यामबहादुर चन्द, कक्षा ७ मा अध्ययनरत छात्रा १२ वर्षीया लक्ष्मी गुरुङ,  विद्यालय शिक्षक द्वय ३१ वर्षीग रमेश सिंह ठकुरी र ४१ वर्षीय प्रेमबहादुर चन्द घाइते भएका हुन् । चट्टयाङ्गले विद्यालयको भवनमा पनि क्षति पुगेको बताइएको छ ।

घाइतेकोहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी घर फर्किएको नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले जानकारी दिनुभयो ।

चट्याङले बढी चोट लागेका विश्वविकास रावतलाई जिल्ला अस्पतालमा पुर्याएर उपचार थालिएको र अवस्था खतरामुक्त रहेको अस्पतालका प्रमुख डाक्टर धर्मराज रेग्मीले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर