Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विपिन जोशीको रिहाइको माग गर्दै महेन्द्रनगरवासीले प्रदर्शन गरेका छन्

15

प्यालेस्टिनी चरमपन्थी समुह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको माग गर्दै आइतबार कञ्चनपुरको महेन्द्रनगरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

जोशी परिवारसहितको प्रदर्शनमा मदनचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्‍याली गरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा आठौं सेमेस्टरमा अध्ययनरत जोशी दुई महिनाअघि ‘सिक र कमाऊ’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । उनी अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि बेपत्ता छन्, उनको हालको स्थान अज्ञात छ।

जोशीका बाबुआमाले छोराको फिर्ताको लागि भावुक बिन्ती गरे । “कृपया, मेरो छोरा फिर्ता दिनुहोस्,” बिपिनकी आमाले बिन्ती गरिन्। उनका पिता महानन्द जोशीले छोराको उद्धारका लागि सरकारले पहल गर्ने आशा व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जोशीको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताए । प्रदर्शनकारीहरूले सरकार, संयुक्त राष्ट्र संघका निकायहरू र मानवअधिकारकर्मीहरूलाई जोशीको उद्धार अभियानमा सहयोग गर्न आग्रह गरे।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर