Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विभिन्न कार्यक्रम गरी मनाइयो ७५ ‍औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस

16

बागमती प्रदेशमा ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गते विभिन्न कार्यक्रम गरी ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार अन्तर्राष्ट्रि मानव अधिकार दिवस १० डिसेम्वरको सन्दर्भमा ०८० मङ्सिर २४ गते इन्सेक लगायत विभिन्न सामाजिक सङ्घसंस्थाहरूको आयोजनामा चौतारा बजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो ।

चौतारा बजारको भिन्तुना चोकबाट शुरु भएको प्रभातफेरी र्‍याली टुँडिखेल चोकमा पुगेर समापन भएको थियो । र्‍यालीलाई समापन गर्ने सन्दर्भमा चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, इन्सेक जिल्ला प्रतिनिधि, नगर महिला सञ्जालकी सचिवले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रभातफेरी र्‍यालीमा विभिन्न सङ्घसंस्थाहरूको प्रतिनिधित्व रहेको थियो । र्‍यालीमा सहभागिहरूले मानव अधिकारसम्बन्धी लेखिएको प्लेकार्ड सहितको ‘मानव अधिकारको सम्मान गरौँ’ भन्ने नारा समेत लगाएर बजार परिक्रमा गरेका थिए ।

Photo_080-8-24_Sindhupalchok1

Photo_080-8-24_Sindhupalchok

रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा सबैका लागि स्वतन्त्रता, समानता र न्याय भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम भयो ।

उत्तरगया गाउँपालिकामा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितः महिला र बालबालिकामा लगानीको एक्यबद्वता’ भन्ने नाराका साथमा उत्तरगया गाउँपालिका ०८० मङ्सिर २४ गते सरोकारवालाहरूबीच छलफल कार्यक्रम भयो । उत्तरगयामा एकल महिला सञ्जालका अध्यक्ष अप्सरा आचार्य, नागरिक समाजका राधिका न्यौपाने, गैरसरकारी सस्था महाङ्घका रितमान वाइवा र गाउँपालिका कार्यबाहक अध्यक्ष चमेली गुरुङले मानव अधिकार सरक्षणका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा अधिकारकर्मी तथा सरोकारवालाहरूको समभागिता रहेको थियो ।

त्यसैगरी रेडियो लाङटाङको सहजिकरणमा उत्तरगया गाउँपालिकामा एकल महिलाका समस्या समाधानका लागि समुदाय र स्थानीय तहको सहकार्य विषयक रेडियो कार्यक्रम साझा बहस गाउँपालिका भवन खाल्टेमा सम्पन्न भयो ।

त्यसै गरी गोसाइकुण्ड गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा सबै प्रकारका मानव हिंसा अन्त्य गर्न ‘लैङगिक हिंसा अन्त्यको सुनिश्चित महिला बालबालिकामा लगानीको ऐक्यबध्दता’ भन्ने नारा सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा रितुपेमा तामाङ, पाल्मो तामाङ, प्रतिक्षा तामाङलगायतका सरोकारवाला महिला अधिकारकर्मीहरूले आफ्नो धारणा राख्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष प्रतिमा लामाले अधिकार उपयोगका क्रममा सबैले आफ्नो कर्तव्य भुल्नु नहुने बताउनु भयो ।

त्यसैगरी आमाछोदिङमो गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ‘लैङगिक हिंसा अन्त्यको सुनिश्चित महिला बालबालिकामा लगानीको ऐक्यबध्दता’ भन्ने नारा सहित छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष चण्डीका तामाङले अधिकारको बारेमा सचेत हुनुपर्ने र मानव अधिकारको कुरा गर्दा सबैले नागरिकको कर्तव्य भुल्नु नहुने बताउनु भयो । कार्यक्रममा स्थानीय शान्ति लामा, फुर्पु तामाछलगायतले मानव अधिकार सचेतना कार्यक्रम स्थानीय तहले जनता समक्ष लैजानु पर्नेमा जोड दिएका थिए ।

Photo_080-8-24_Rasuwa1

Photo_080-8-24_Rasuwa

धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने मुल नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङमा मानव अधिकारको अवस्था कार्यक्रम सम्पन्न भयाे ।

नीलकण्ठ नगरपालिका, लैङ्गकिक हिंसा विरुद्धको १६ दिने अभियानको मुल आयोजक समिति, इन्सेक, सहयात्री समाज, नेपाल मानव अधिकार सङ्गठनकाे आयाेजनाामा सम्पन्न कार्यक्रममा मानव अधिकारकाे सवालमा स्थानीय सरकारले समेत संरक्षण तथा प्रबर्द्धनका कार्यक्रम गर्नुपर्ने, पीडितमैत्री अनुसन्धान र न्यायका लागि काम गर्न आग्रह गरिएको थियो ।

प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले जन्मेदेखी मरुन्जेलसम्मका अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयाे । संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँकाे भनाई छ ।

इन्सेक जिल्ला प्रतिनिधिले धादिङमा यस वर्ष ६९ जना पीडित भएकोमा अन्य पक्षबाट ६७ जना र राज्य पक्षबाट दुई जना गिरफ्तारका घटनामा पीडित भएकाेले पीडित पक्षका लागि संरक्षण, न्यायका लागि कार्यक्रम गर्न सराेकारवालाहरूसँग माग गर्नुभयाे ।

आम नागरिकले चाहेजस्तो न्याय निरुपणको अवस्था नभएको गुनासो राख्दै न्याय किनबेचसम्म भएको हुन सक्ने आसङ्का दलित अधिकारकर्मी श्याम मगरातीले व्यक्त गर्नुभयाे ।

अपराध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्न नेपाल प्रहरी तल्लीन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका छन् । पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले काम गरिरहेको उहाँकाे भनाइ छ ।

नागरिकता सिफारिस, जन्मदर्ता लगायतको विषय जटिल रहे पनि पछिल्लो समय नागरिकले सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीकाे भनाई छ ।

नेपाल मानव अधिकार सङ्गठन धादिङका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्णराज अधिकारीले जन्मन पाउनु पनि अधिकार हो । दिवसमा मात्र नभइ ३ सय ६५ दिन नै मानव अधिकार प्रत्याभूत गर्न लागिरहनु पर्ने राज्यले ध्यान दिनुपर्ने बताउनु भयाे ।

Photo_080-8-24_Dhading2

Photo_080-8-24_Dhading1

Photo_080-8-24_Dhading

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते विदुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

इन्सेक, गैसस महासङ्घ, सङ्कल्प, मानव अधिकार एलाइन्स, जिवाइसी नेपालको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ । ‘सबैको लागि मर्यदा, स्वतन्त्रता र न्याय’ नारासहित आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा सङ्घीय सरकारको प्रतिनिधिको हैसियतले आफूले अधिकतम् काम गरिरहेको बताउनु भयो ।

मानव अधिकारको क्षेत्र व्यापक भएकोले हरेक क्षेत्रलाई मानव अधिकारको दृष्टिबाट हेर्ने प्रचलन विकास भएको कारण मानव अधिकारलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले मानव अधिकारलाई राज्यले ऐन नियम र नीति बनाएर प्रवर्द्धनमा भूमिका खेलीरहेको बताउनु भयो ।

सङ्कल्पको जिल्ला अध्यक्ष शर्मिला थापामगरले महिलाको अधिकारको विषयमा पुरुषहरूलाई सचेत गराउन कार्यलाई गाउँगाउँसम्म फैलाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले जिल्लाका मानव अधिकारको विभिन्न सवालहरूको विषयमा छलफल गरेका थिए । सुरक्षित यात्रा, अपाङ्गता र ज्येष्ठ नागरिकको छुटको विषय, मानव अधिकारमा राजनीतिक दलहरूको भूमिका विषयमा सहभागीहरूले छलफल गरेका थिए ।

Photo_080-8-24_Nuwakot1

Photo_080-8-24_Nuwakot

काठमाडौँ उपत्यका प्रतिनिधि विमल पौडेलका अनुसार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र गैर सरकारी संस्था महासङ्घको संयोजन तथा इन्सेक लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूको उपस्थितिमा ०८० मङ्सिर २४ गते विहान काठमाडौँमा मानव अधिकार र्‍यालीको आयोजना गरिएको छ ।

‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित र्‍याली भृकुटीमण्डपबाट सुरु भएर शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र संबर्द्धन नै लोकतान्त्रिक शासन पद्धति र विधिको शासनको आधारस्तम्भ भएको बताउनु भयो । मगरले नागरिकले मानव अधिकारको महसुस गर्नका लागि नेपाल सरकारले पाँचौंँ मानव अधिकार राष्ट्रिय कार्ययोजना सहितका नीति तथा योजनाहरू, दिगो विकास लक्ष्य र विश्वव्यापी आवधिक समीक्षासहित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रहरुबाट प्राप्त सुझाव र सिफारिसहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्नु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक सहमतिको नाममा विगत सत्र वर्षदेखि सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेको बताउँदै सङ्क्रमणकालीन न्यायका संयन्त्रहरूलाई अधिकार सम्पन्न बनाउने कार्यमा अन्तर्राष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम सत्य निरूपण तथा मेल मिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले समाजमा पिछडिएको दलित, महिला, श्रमिक लगायत सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय चुनौतीपूर्ण बन्दै गएकाले सरकारले उनीहरूको अधिकारको रक्षाका लागि त्यसतर्फ उचित ध्यान दिनुपर्ने बताउनु भयो । सुवेदीले जाजरकोट भूकम्पबाट प्रभावितहरूको मानव अधिकारको अवस्था भयाभह रहेको र स्थानीय नागरिकहरू जाडोका कारण मृत्युवरण गर्न र कष्टकर जीवन जीउन बाध्य भएकाले उनीहरूको जीवन रक्षामा सरकारले यथोचित ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यसैगरी युवा अधिकारकर्मी नरेन खतिवडाले शैक्षिक उच्च शिक्षा र श्रमका लागि दैनिक हजारौंको सङ्ख्यामा युवाहरु विदेश जना बाध्य भएको भन्दै उनीहरूलाई स्वदेशमै रोक्नका लागि युवाहरुलाई केन्द्रीत गरेर तीनै तहका सरकारले युवालक्षित विशेष योजनाहरू ल्याउनुपर्नेमा जोड दिनुभयो । खतिवडाले जघन्य अपराधिक कसूरका आरोपी तथा पुर्पक्षमा रहेका व्यक्ति लासरकारले संरक्षण गर्ने तथा पीडितलाई नै थप पीडा हुने गरी कैदीहरूलाई माफी दिने कार्यले विधिको शासन र मानव अधिकारका मूल्य, मान्यता र संस्कृति निर्माणमा चुनौति थपिएको बताउनु भयो ।

सन् १९४८ डिसेम्बर १० तारिखमा मानव अधिकारको विश्व व्यापि घोषणा पत्र जारी भएको अवसरमा प्रत्येक वर्ष १० डिसेम्बरलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रूपमा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिएको छ ।

Photo_080-8-24_Kathmandu4

Photo_080-8-24_Kathmandu3

Photo_080-8-24_Kathmandu2

Photo_080-8-24_Kathmandu

काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्यका अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ ।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा बोल्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने उहाँले बताउनु भयो । नेपाल विविधताबीचको एकताको मुलुक भएको उहाँले प्रष्ट पार्नुभयो ।

कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्न नभई ढुङ्गे युग तिर नै फर्कने उहाँले उल्लेख गर्नुभयो । जातको आधारमा हुने सबै खालका विभेद अन्त्य हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन’, उहाँले भन्नुभयो ।

माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको उहाँले बताउनु भयो । हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नु पर्ने ओलीको भनाइ छ । ‘देश अप्ठेरोमा छ’, ओलीले भन्नुभयो ।

ढुङ्गा हान्ने कुरा मानव अधिकार भित्र नपर्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गर्ने कुरामा लागेर देशभक्ति पूर्ण बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले उक्त कार्यक्रम मार्फत ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

Photo_080-8-24_Kavre

Photo_080-8-24_Kavre1

रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछापका सरोकारवालाले मानव अधिकार संरक्षण र प्रबर्धनमा साझा पहल हुनुपर्नेमा जोड दिनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र सन् २०२३ को रामेछापको मानव अधिकार अवस्था समीक्षा कार्यक्रममा सहभागीले साझा प्रयत्नबाट मात्र मानव अधिकार संरक्षण हुन सक्ने बताउनुभएको हो ।

दिवसको अवसरमा मङ्सिर २४ गते बिहान मन्थली बजारमा प्रभात फेरीपछि मन्थली नगरपालिकाको सभा हलमा रामेछापको मानव अधिकारको अवस्था समीक्षा गरिएको थियो । कार्यक्रम मन्थली नगरपालिकाको मूल आयोजना तथा गैरसरकारी संस्था महासङ्घ रामेछाप, इन्सेक, मानवअधिकार संरक्षण सञ्जाल, मानवअधिकार एलाइन्स, सामुदायिक विकास समाज तथा पहाडी समाज कल्याण केन्द्रको समन्वयमा भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले यसको संरक्षण र प्रबर्धनमा सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकार अनिता निरौला लगायतले जिल्लाको मानव अधिकार अवस्था र त्यसको सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले यसको संरक्षण र प्रबर्धनमा सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख थापाले परिवर्तनलाई अघि बढाउन र मानव अधिकार संरक्षणको काम गर्न साझा प्रयास आवश्यक रहेको बताउनु भयो । यसका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख लब श्रेष्ठले मानव अधिकार उल्लङ्घनका घटना मानव अधिकार बुझेकैबाट हुने गरेको बताउँदै मानव अधिकार संरक्षणको सुरुवात आफैँ र आफ्नो परिवारबाट गर्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले मानव अधिकारको विषय व्यापक भएको बताउँदै मानव अधिकार संरक्षणको लागि सबैभन्दा पहिला मानिसले आफूलाई आफैँले भित्रैबाट सुधार गर्नु पर्ने बताउनु भयो ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले मन्थली नगरपालिकाको न्यायिक समितिले विवाद समाधानको साथै मानव अधिकार संरक्षणको लागि विभिन्न सचेतनाका कार्यक्रम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुलीले रामेछाप जिल्लामा लैङ्गिक हिंसा तथा मानव अधिकार उल्लङ्घनको अवस्था र समाधानका उपायका विषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा रामेछापमा इन्सेकले सङ्कलन गरेका घटना बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले मैले राम्रो गर्नुपर्छ भन्ने धारणा सबैमा विकास हुने हो भने मानव अधिकारको सम्मान र संरक्षण हुने बताउनु भयो ।

रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँले मानव अधिकारको सवालमा नागरिकले राज्यका संयन्त्रलाई निरन्तर झकझक्याइरहनु पर्ने बताउनु भयो । नभएको भने राज्यका संयन्त्रले बाटो बिराउने उहाँको भनाइ छ ।

स्वास्थ्यकर्मी लक्ष्मी थापाले महिला हिंसाको मुख्य कारण मादक पदार्थ सेवन र तार भएको बताउनु भयो । मानव अधिकार संरक्षणको लागि साना साना कुरामा सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

गैरसरकारी संस्था महासङ्घ रामेछापका पूर्व अध्यक्ष वीरेन्द्र श्रेष्ठले मानव अधिकार संरक्षणको लागि जिल्लामा भएका प्रयासका बारे समेत समीक्षा गर्नु पर्ने सुझाव दिनुभयो । मन्थली नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी भगवती तामाङले १६ दिने अभियानमा मन्थली नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।

Photo_080-8-24_Ramechhap20

Photo_080-8-24_Ramechhap2

Photo_080-8-24_Ramechhap1

सिन्धुली जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीका अनुसार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा ‘सबैका लागि मर्यादा, समानता र न्याय’ भन्ने मूल नाराका साथ सिन्धुलीमा दिप प्रज्वलन गरी मनाइएको छ ।

कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक), प्लान इन्टरनेस्नल नेपाल, वल्ड भिजन नेपाल, रिलिफ नेपाल, मानव तथा राष्ट्रिय विकास समाज नेपाल, जनजाती समाज विकास कार्यक्रम सिन्धुली, अपाङ्ग महिला सङ्घ, मानव अधिकार एलाएन्स सिन्धुलीको संयुक्त समन्वयमा दिप प्रज्वलन गरी उक्त दिवस मनाइएको हो ।

दिप प्रज्वलनमा बोल्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेलले मानव अधिकारको संरक्षण र प्रर्बद्धन गर्नको लागि प्रतिबद्ध रहेको बताउनु भयो । मानव अधिकारको रक्षाका लागि स्थानीय सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा सामाजिक सङ्घ संस्थाको सहयोग र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन नभएको र यो अभियान निरन्तर सञ्चालन हुनु पर्ने बताउँदै लिङ्गको आधारमा हुने विभेदको अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । दिप प्रज्वलनमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, अधिकारकर्मी लगाएत स्थानीयको सहभागिता रहेको थियो ।

Photo_080-8-24_Sindhuli1

Photo_080-8-24_Sindhuli

मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा ‘सबैका लागि मर्यादा, समानता र न्याय’ भन्ने मूल नाराका साथ हेटौँडामा दिप प्रज्वलन गरी मनाइएको छ ।

नेपाल मानव अधिकार सङ्गठनको आयोजना तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएत विभिन्न सङ्घसंस्थाको संयुक्त समन्वयमा दिप प्रज्वलन गरी उक्त दिवस मनाइएको हो ।

दिप प्रज्वलनमा बोल्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेलले मानव अधिकारको संरक्षण र प्रर्बद्धन गर्नको लागि प्रतिबद्ध रहेको बताउनु भयो । मानव अधिकारको रक्षाका लागि स्थानीय सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा सामाजिक सङ्घ संस्थाको सहयोग र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले दिप प्रज्वलन कार्यक्रमा अझै पनि महिला तथा बालबालिका माथि हुने मानव अधिकारका घटना न्यूनीकरण हुन नसकेको उल्लेख गर्नु भयो ।

नेपाल मानव अधिकार सङ्गठन अध्यक्ष सर्मिला श्रेष्ठले उक्त कार्यक्रममा महिला र बालबालिका माथि हुने हिंसाका घटना वृद्धि भएको जानकारी गराउँदै यस्ता घटना न्यूनीकरण गर्नका लागि सबै सरोकारवालाहरू र नागरिक समाज एकजुट भई सबै समक्ष सचेत गराउन जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख रेवा रेग्मीले अझै पनि समाजमा मानव अधिकार उलङ्घनका घटनाहरू बढ्दै गएको र आफ्नै घर परिवारबाट नै यस्ता घटनाहरू बढेकोले बाहिर आउन नसकेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरू हरेक क्षेत्रमा गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

गैसस महासङ्घ मकवानपुर शाखा अध्यक्ष रमिला सापकोटाले लैङ्गिक हिंसाका पीडकलाई कानुन बमोजिम सजाय नहुने अवस्था रहेकोले पीडिकलाई कारबाही गर्न र लैङ्गिक हिंसा विरुद्ध काम गर्न सबैलाई आग्रह गर्नु भयो ।

Photo_080-8-24_Makwanpur1

Photo_080-8-24_Makwanpur

 

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर