Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विवादित धार्मिक गुरु, दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

17

१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । श्रीनिवासले प्रचण्डको बाउको देश हो यो? महेश बस्नेतको बाउको देश हो यो? यो तिनकुने महेश बस्नेतको बिर्ता हो ? हामी सिंगो दरबार घेछौं । पुलिस प्रशासन गोली हान छातीमा गोली हान । आधी घण्टा गौशालाको चोक सम्बोधन गर्न दिएनौ भने तिमी पुलिसको हातबाट मछौं हामी । भन्दै भडकाउपूर्ण भाषण गरेका थिए ।

प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर