Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्वकपमा बंगलादेशको विजयी सुरुवात

17

एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप 2023 का अफगानिस्तानलाई 6 विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि 1 सय 57 रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले 34.4 over मा 6 विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशको जितमा नाज्मुल हसन शान्टोले 83 बलमा 3 चौका र 1 छक्कासहित सर्वाधिक 59 रनमा नट आउट रहे । मेहेदी हसन मिराज 73 बलमा 5 चौकासहित 57 रनमा आउट भए ।

कप्तान सकिब अल हसन14, ओपनर तान्जिद हसनलाई 5 र लिटन दासलाई 13 रनमा गुमाएको थियो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले 1–1 विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान 37.2 ओभरमा 1 सय 56 रनमा आउट भयो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले 62 बलमा 4 चौका र 1 छक्कासहित सर्वाधिक 47 रनको योगदान दिए । इब्राहिम जद्रान 22 र रहमात शाह 18 रनमा आउट भए ।

अफगानिस्तानले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि गुरबाज र जद्रानले 8.2 ओभरमा 47 रनको साझेदारी गरेका थिए । सकिब अल हसनले रहमात शाहलाई आउट गर्दा अफगानिस्तान 15.1 over मा 83.2 को बलियो अवस्थामा थियो ।

मध्यक्रमका कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । हश्मातुल्लाह शाहिदी 18, नाजिबुल्लाह जद्रान 5, मोहम्मद नावी 6, आजमतुल्लाह ओमरजाईले 22, राशिद खानले 9 र मुजिब उर रहमानले 1 रन बनाए ।

बंगलादेशका मेहेदी हसन मिराजले 9 ओभरमा 3 मेडनसहित 25 रन खर्चेर 3 विकेट लिए । सकिब अल हसनले 8 ओभरमा 30 रन खर्चेर 3 विकेट लिए ।

शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एक एक विकेट लिए । अफगानिस्तानले अव बुधबार दिल्लीमा भारतसँग खेल्नेछ । बंगलादेशले मंगलबार धर्मशालामा इंग्ल्यान्डसँग खेल्नेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर