Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्वकप क्रिकेटमा आज सुपर शनिबार, अष्ट्रेलिया बंगलादेशसँग भिड्दैछ

15

नयाँ दिल्ली। आईसीसी विश्वकप क्रिकेट २०२३ को ४३ औं खेलमा आज अष्ट्रेलियाले बंगलादेशको सामना गर्दैछ । यो खेल पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । आजको दोस्रो खेलमा पाकिस्तानले साविक विजेता इंग्ल्याण्डसँग कोलकातामा खेल्नेछ । कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो २ बजेदेखि पाकिस्तान र इंग्ल्याण्डको टोली भिड्नेछन् । पाकिस्तानलाई इंग्ल्याण्ड विरुद्ध ठूलो जित आवश्यक छ । सेमिफाइनलका लागि तीन टोलीको टुङ्गो लागेको छ तर चौथो टोली को हुने भन्ने टुंगो भने पाकिस्तान र इंग्ल्याण्डबीचको खेलले तय गर्नेछ । अष्ट्रेलियाको टोली बंगलादेशविरुद्धको जितको सिलसिलालाई कायम राख्न चाहन्छ । कंगारु टोली सेमिफाइनलमा प्रवेश गरेको छ भने बंगलादेशले जितसँगै प्रतियोगितालाई बिदाइ गर्न चाहन्छ ।

अष्ट्रेलियाले अन्तिम खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको थियो । कांगारु अलराउन्डर ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध अविश्वसनीय इनिङ खेलेका छन् । उक्त खेलमा म्याक्सवेलले २०१ रनको अविजित इनिङ्स खेल्दै अफगानिस्तानलाई जित दिलाएका थिए । आफ्नो अन्तिम लिग खेलमा पाकिस्तानले सेमिफाइनलको दौडबाट बाहिर रहेको इंग्ल्याण्डको सामना गर्नेछ । पाकिस्तान ४ जितबाट ८ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ भने इंग्ल्याण्ड ६ अंकसहित सातौं स्थानमा छ । अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ जहाँ उसले दक्षिण अफ्रिकाको सामना गर्नेछ। सेमिफाइनलमा भारतीय टोलीले कुन टोलीसँग खेल्ने भन्ने निर्णय आज हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर