Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विश्वकप सेमिफाइनल : अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

16

एजेन्सी – आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २:१५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले भने सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्ने सोचमा छ । ब्याटिङ उस्को प्रमुख हतियार हो । क्विन्टन डि कक, रास्सी भान डर डुसेन, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता ब्याटर टोलीमा छन् । सबैल्व जारी विश्वकपमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

डि ककले जारी विश्वकपमा ९ खेलमा ४ शतकसहित ५ सय ९१ रन बनाएका छन् । आजको खेलमा उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर